तिहारलाई विदाई, प्रधानमन्त्रीदेखि सर्वसाधारणको तिहार (फोटो फिचर)

पोखरा, मंसिर १ गते । नेपालीहरुको महान चाड दिपावली अर्थात तिहारको पाँचौं तथा अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी वा रातो टीका लगाइदिएर तिहारलाई विदाई गरिएको छ ।

दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि लगाइदिएर मनाइयो । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

 

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेश पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरिन्छ ।

 

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने चलन छ।प्रधानमन्त्रीदेखि सामान्य नागरिक सवैले टिका लगाएर तिहारको बिदाई गरेका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...