जुवा तास खेल्ने ८ जना पक्राउ

पोखरा, मंसिर १ गते । जुवातास खेल्ने आठ जनलाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ बागलुङ नगरपालिका ६ धारापानी स्थित ईश्वर के.सीको घरमा जुवा तास खेल खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचना आधारमा प्रहरीले पुगेको र तास खेलमा संलग्न ८ जना व्यक्तिहरुलाई नगद पचासी हाजार र एक बुक तास सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

  • जिल्ला बागलुङ बागलुङ नगरपालिका-६ धारापानी बस्ने वर्ष २० को ईश्वर के.सी ।
  • ऐ.बस्ने वर्ष २२ को दिपेश सापकोटा,
  • ऐ.बस्ने वर्ष ४२ को कुल बहादुर के.सी.
  • ऐ.बस्ने वर्ष ४० को राजेन्द्र सापकोटा,
  • ऐ.बस्ने वर्ष २९ को दिपक सापकोटा,
  • ऐ.बस्ने वर्ष ३० को मन बहादुर के.सी.
  • ऐ.बस्ने वर्ष २५ को रामकृष्ण सापकोटा,
  • ऐ.बस्ने वर्ष २३ को सागर के.सी. ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...