नयाँ पर्यटकीय गन्तब्य पुम्दीकोट, ५२ फिट् अग्लो शिबमुर्ती

एकराज गिरी
पोखरा, मंसिर २ गते । अग्लो ठाँउ । वरिपरि हरियाली जंगल । फेवाताल र पोखरा बजार । आखाँ अगाडी देखिने लहरै हाँसेका माछापुच्छे, अन्नपूर्ण धौलागिरी हिमश्रृखला । त्यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकको मनै लोभ्याउने दृश्य । पोखराबाट नजिकै रहेको पुम्दीकोटबाट देखिने दृश्य हो । १५ सय मिटरको उचाईमा रहेको छ पुम्दीकोट ।

पर्यटकीय सम्भावना बोके र ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुदै गएको छ । बाह्य तथा आन्तरीक पर्यटकको केन्द्र बनाउन बनेको छ । विश्व शान्ति स्तुपा नजिकै रहेको पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भैरहेको छ । यसको गुरुयोजना सहित अहिले काम भैरहेको छ । पोखरा उपमहानगरपालिका वडा नम्वर २२ पुम्दीभुम्दीमा पर्ने पुम्दीकोटलाई विकास गर्न ४० करोड खर्च गरेर पर्यटकीय पूर्वाधार निर्माणको काम भैरहेको छ । हालसम्म १४ करोड भन्दा बढी खर्च भइसकेको छ समितिले जनाएको छ । पुम्दीकोटमा विशाल महादेवको मुर्ती, भुमेश्वर महादेवको मुर्ति निर्माण, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका संरचना निर्माण गर्न उक्त रकम खर्च हुने पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण उपभोक्ता एवं पर्यटन प्रवद्धन समितिका संयोजक चन्द्रकान्त बरालले बताउनुभयो ।

 

कोटमा १०८ शिव लिङग बनाई निर्माण र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गर्ने गरि निर्माण गरिने छ । मुर्ति सम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो हुने र त्यसभन्दा भित्रको साइडबाट अपाङग तथा बृद्धबृद्धाहरुमैत्री बाटो समेत निर्माण गरिने छ । उहाँहरुलाई सहज बनाउन स्लोपिङ बाटो समेत रहने छ । स्थानिय उत्पादनको विक्री गर्न राखिने छ । पुम्दीकोटको चिनोका रुपमा त्यहाँ आउने पर्यटकले किनेर लैजान सक्ने छन् । पसल नजिकै कलात्मक ढुङ्गे धाराहरु समेत रहने छ भने बालबालिका भुल्नको लागी समेत संरचना बनाइने छ ।

मुर्तिस्थल प्रवेश गर्नु अगाडीको स्थानमा पार्किङस्थल रहने छ । करिव २ सय वटासम्म सवारी साधन सजिलै पार्किङ गर्न सकिने दावी समितिको छ । पोखराबाट करिव १३ किलोमिटरको दुरीमा रहेको पुम्दीकोटको पर्यटन विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । पोखराबाटै नजिकै भएपनि ओझेलमा परेको पुम्दीकोट पर्यटकीय गन्तब्यका रुपमा परिचित हुने मौका पाउने अपेक्षा गरेको स्थानिय प्रकाश बरालले बताउनुभयो । २१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटलाई आन्तरीक तथा बाह्य पर्यटनको गन्तब्य स्थल बनाउने योजनाका काम तिव्र गतिमा भैरहेको छ । अहिले पूर्वाधार निर्माणको काम तिव्र गतिमा अगाडी बढेको अध्यक्ष चन्द्रकान्त बरालले भन्नुभयो ।  पुम्दीकोटले धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरीएको छ । ।

तस्विर राधिका कँडेल

फेवातालपारी रहेको पुम्दीकोटबाट माच्छापुच्छे अन्नपूर्ण हिमश्रृखलासंगै, फेवाताल, पोखरा बजार, लेखनाथ, पर्वत र स्याङजा लगायत जिल्लाहरुको समेत अवलोकन गर्न सकिन्छ । नजिकै रहेको विश्वशान्ति स्तुपा आउने पर्यटकलाई आकर्षित गर्न शिवको मुर्ति स्थापना गरिएको हो । ‘विश्व शान्ति स्तुप आउने पर्यटकलाई सहज रुपमा पुम्दीकोटसम्म पुर्याउने र पुम्दीकोट, चौउगाडे, भुम्दीकोट, थाप्लेडाँडा र पन्चासेसम्म रहेका महत्वपूर्ण क्षेत्रहरुको पर्यटन प्रवद्धन गदै जाने छौ समितिको भनाई छ ।

तीन करोडमा भारतबाट ल्याइयो शिबमुर्ती

पुम्दीकोटमा राखिने शिबको मुर्ति भारतबाट ल्याइएको छ । मुर्ति निर्माण सहित त्यसको जडानका लागि तीन करोड रुपैयाँमा भारतको मधुद्धावरमा निर्माण गरेर ल्याएको हो । बसको शिबको ५२ फिट अग्लो मुर्ति अहिले जडान गर्ने काम भइरहेको छ ।

 

समितिले १०५ फिटको उठेको स्वरुपमा महादेवको मूर्ति राख्ने लक्ष्य राखे पनि नागरिक उड्डयन प्राधिकरणको सल्लाहअनुसार बसेको स्वरुपमा ५१ फिट उचाइको मूर्ति राखेको हो । मुर्ति जडानका काम अन्तिम चरणमा पुगेको छ समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले भन्नुभयो, ‘मुर्ति जडानको काम एक साताभित्र सम्पन्न हुन्छ ।’ भारतबाट आएका ब्यक्तिहरुले नै मुर्ति जडान काम गरीरहनुभएको छ ।

 

पुम्दीकोटलाई पर्यटकीय बनाउने उद्देश्यले वि.स.२०७३ साल फागुनमा महाशिवपुराण लगाएर आर्थिक संकलन सुरु गरिएको थियो । महाशिव पुराणमा छ करोड १८ लाखसहित २० रोपनी जग्गा दान प्राप्त भएको अध्यक्ष बरालले बताउनुभयो ।तीन कोरोड मुल्यको मुर्ति उद्योगपति कमल जैनले गर्नुभएको छ ।

 

गुरुयोजना अनुसार पहिलो चरणमा महादेवको मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायतका संरचना सक्ने योजना सहित काम भैरहेको समितिका सहसचिव प्रकाश बरालले बताउनुभयो ।समितिले दोस्रो चरणमा गुरुमहाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ,ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ । निर्माण भैरहेपनि दैनिक सयौ आन्तरीक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...