दुई हजार ८७८ जना सङ्क्रमण मुक्त

काठमाडौं, मंसिर २ गते । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ पुगेको जनाएको छ । हाल ३० हजार ९८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...