मानुङ जाँदै यात्रुवाहक हायस भीरबाट खस्दा एक जनाको मृत्यु

पोखरा, मंसिर ३ गते । तनहूँ सदरमुकाम दमौलीबाट मानुङ जाँदै गरेको ग१ख २९४२ नम्बरको यात्रुवाहक हायस भीरबाट खस्दा एक जनाको मृत्यु गएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका गगनगौंडा निवासी करिब २८ वर्षकी सुनिता गुरुङ रहेकी छन् ।

घटना लगत्तै उद्धार गरिएकी उनको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । दुर्घटनामा अन्य पाँच घाइते भएका छन् ।

तनहूँ प्रहरीका अनुसार आज बिहान सवा ४ बजेतिर उकालो लाग्दै गरेको हायस गाडी मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसकेपछि ब्याक भएको थियो । सोहीक्रममा ६ सय मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...