बन्यो वेभ सिरिज ‘लभ बर्डस्’

पोखरा, मंसिर ३ गते । एमडी वक्र्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिकहुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिकगर्दै वेभ सिरिजबारे जानकारी दिएको हो । अभिनेता समेत रहेकामनिस केसीको निर्देशनमासिरिज बनेको हो ।

निदेशकीयहिसाबले मनिसको यो पहिलो फिल्महो । ‘पोखरामाथुप्रै कलाकारहरु र फिल्म मेकरहरु छन् ।यद्यपीअहिलेसम्म यहीँबाटै वेभ सिरिज निर्माण हुन सकिरहेको थिएन । पोखराबाट पनि वेभ सिरिज सम्भव छ र यसले राष्ट्रियस्तरमा छाप छाड्न सक्छ भन्ने लागेपछि हामीले काम अगाडि बढाएका हौँ ।’ वेभ सिरिजलाई लिएर निर्देशक केसी आशाबादी सुनिए ।

 

यो वेभ सिरिज सार्वजनिक भएपछि यहाँकाअन्य मेकरहरुलाई थप सहजहुने केसीको विश्वास छ । ‘हामीले गरेको कामपोखराकाकलाकारहरु र मेकरहरुले पनि स्थानियरुपमै कामगर्दा त्यसको राम्रो रिजल्ट निस्कन सक्छ भन्ने एकखाले ट्रायल पनिहो ।’ मनिसले भने ।

 

सार्वजनिक टिजरमा टिनएजर्स पुस्ताको माया देखाउनखोजिएको छ । प्रेम, बिछोड र युवापुस्ताको जिवनशैलीलाई कथानक रुपमाभन्नखोजिएको यो वेभ सिरिज चाँडै नै एमडी वक्र्सको अफिसियल युट्युबमार्फत रिलिजहुने कम्पनीले जनाएको छ ।

 

सिरिजको टिजरमाअभिषेक गुरुङ र मुस्कान गुरुङलाई फिचर गरिएको छ । र, यो वेभसिरिजकामुख्यकलाकारहरु पनियीदुई हुन् । सुनिता केसी र डेजिना लामिछाने केसी सिरिजकालगानीकर्ता हुन् । दिपेश केसीले खिचेको यो सिरिजको संगीत नेत्र गुरुङले गरेकाहुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...