कोरोना संक्रणबाट गण्डकीमा बुधबार तीन जनाको मृत्यु

पोखरा, मंसिर ३ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पोखरामा दुई र स्याङ्जाका एक संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा–१७ का ७८ वर्षीया संक्रमित महिलाको मंसिर २ गते मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यसैगरी पोखरा वडा नं ३ का ८३ वर्षीय पुरुषको हिजो साँझ ७ बजे मणिपाल अस्पतालमा निधन भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय पुरुषको आज विहान १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...