पाल्पामा कोरोनाबाट १८ जनाको मृत्यु

पाल्पा, मङ्सिर ३ गते । पाल्पामा मात्रै हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । बुधबार एक जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो । कोरोना सङ्क्रमणका कारण बुधबार बगनासकाली गाउँपालिका–६, की ५१ वर्षीया महिलाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गत कात्तिक ३० गते भैरहवास्थित अस्पताल भर्ना हुनुभएकी महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । महिलालाई कात्तिक २९ गते लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासबाट भैरहवा रिफर गरिएको थियो ।

 

मङ्सिर १ गते महिलामा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित महिला दमको दीर्घरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा बुधबारसम्म एक हजार ४०३ जना सङ्क्रमित भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...