बेलायतको भिसा त्यागेर कालीज पालन

विदेशी भुमिमा दुःख गरे पैशा त हुन्छ तर आत्मसन्तुष्टि छैन्

कराज गिरी
पोखरा, मंसिर ४ गते । बेलायत र अमेरिका जानका लागि नेपालीहरु सबै त्याग्न तयार हुन्छन् । तर पोखरा महानगरपालिका वडा नम्वर २५ का भरत थापा बेलायतको नागरिकता त्यागेर फकिनुभएको छ । उहाँ आफुमात्रै हैन श्रीमति र छोरीहरु सहित नेपाल फर्कनुर्भएको हो ।

 

उहाँले युकेबाट फर्के लगत्तै यही केही गर्ने सोच बनाउनुभयो । पोखरा महानगरपालिका २५ मा रहेको आफनै २० रोपनी जग्गामा कालीज पाल्ने योजना आफनैभाई र भान्जालाई सुनाउनुभयो । उहाँलाई भाइ राजेन्द्र र भान्जा रामचन्द्र थापाले थप हौसला दिनुभयो ।


उहाँहरु पनि फर्म सञ्चालन गर्न सहमत हुनुभयो । करिव नौ महिना अगाडी डेढ करोड लगानीमा हेम्जा डिलबारी कृषि फर्म दर्ता गर्नुभयो । फर्म दर्ता गरेसंगै ५ सय २० कालीजका चल्ला किन्नुभयो । उहाँले प्रतिचल्ला १४ सयमा किन्नुभएको हो । चल्ला हुर्काउनु गाहे छ उहाँले भन्नुभयो, दानापनि यहाँ नपाइने रहेछ । बुटवलबाट ल्याएर खुवाएको छु । त्यहाबाट ल्याउदा महंगो पर्ने रहेछ थापाले भन्नुभयो,‘ बेच्दा प्रति कालिजको ३५ सय रुपैयाँसम्म पर्छ ।’ उहाँले सवै प्रक्रिया पुरा गरेर फर्म सञ्चालन गर्दागदै देशमा कोरोना भाइरसको संक्रमण भित्रियो । अनि देश लकडाउन भयो । बेलायतबाट फिसा त्यागेर किन फर्कनुभयो भन्ने सफल न्यूजको जिज्ञासा उहाँले भन्नुभयो, जहाँ गएपनि दुःख नगरी नहुने रहेछ । त्यसैले आफनै देशमा दुःख गरौ भनेर फर्किएको हुँ । उहाँले बेलायत भन्दा पहिला रोजगारीका लागि नर्वेमा ५ वर्ष विताउनुभयो ।

 

नर्वेपछि बेलायतमा १५ वर्ष पसिना बगाउनुभयो तर उहाँलाई आफनै देश प्यारो लाग्यो । थापाले भन्नुभयो, जहाँ गरेपनि दुःखै गर्ने हो । परिवारको चाहनापनि आफनै ठाँउमा गएर केही गरौ भन्ने थियो । त्यसैले आयौ । २० वर्ष विदेशी भुमिमा पसिना बगाए तर त्यहाँ खुशी हुन सकिन् उहाँले भन्नुभयो, दुःख गरे पैशा त हुन्छ तर आत्मसन्तुष्टि छैन् ।

संघषै गर्न परेपनि आफनै देशमा गरे आनन्द लाग्दो रैछ । कालिज बेचेर अहिल्यै कमाउला भन्ने हैन् उहाँले भन्नुभयो, विस्तारै रिसोर्ट सञ्चालन गर्ने योजना समेत रहेको छ । उहाँले कालीजसंगै गोलभेडा र सिजन अनुसारको तरकारी खेती गर्ने योजना बनाउनु भएको छ । ‘कालिज मात्रै पालेर सम्भव छैन् उहाँले भन्नुभयो, तरकारी र गोलभेडा खेती गर्ने योजना बनाएका छौ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...