पाेखरा महानगरपालिकाका उपप्रमुख गुरुङलाई काेराेना संक्रमण पुष्टि

पाेखरा, मंसिर ४ गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गरुङलाई काेराेेना भाइरस संक्रमण पुष्टि भएकाे छ । गुरुङले बुधबार स्वाब दिनुभएकाे थियाे । अाज बिहान रिपोर्ट पाेजेटिभ अाएकाे गुरुङले सामाजिक सञ्जाल मार्फत जानकारि दिनुभएकाे हाे ।

उहाँले सबै  जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोविड १९ वाट म पनि अछुतो रहन सकिन त्यसैले यतिखेर म आफनै घरमा आईसाेलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामन्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाईरस संग लडी रहेछु भन्नू भएकाे छ ।

उहाँलाई तिहार अगाडिबाटै रुघा लागेकाे थियाे । निन्तर रुघा लागेपछि स्वाब दिनुभएकाे हाे ।अहिले अरु समस्या नभएकाे तर टाउकाे भने दुखेकाे बताउनु भएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...