गण्डकी प्रदेश प्रहरी गतिविधी तथा घटनाहरु

कास्की : मृत अवस्थामा फेला परेको

मिति २०७७।०८।०४ गते अन्दाजी १०:१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-४ महेन्द्रपुल स्थित बुद्ध बिशाल बजार भित्र भर्‍याङको छेउमा अन्दाजी २२\२३ वर्ष पहिले देखी कवाडि/कार्टुन हरु बटुल्दै मागी खाई हिड्ने भारतीय नागरीक हालसम्म नाम ,थर ,वतन नखुलेको अन्दाजी ६०/६५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त पश्‍चात तत्कालै प्रहरी टोलि खटि गई घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

बागलुङ  : अबैध घरेलु हतियार बरामद

मिति २०७७।०८।०४  गते अंन्दाजी १४:०० बजेको समयमा जिल्ला बागलुङ ताराखोला गाँउपालिका -५ रानिबास ठुलोबेशि सामुदायिक बनको झाडिमा अबैध घरेलु हतियारहरू लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि खटि गएकोमा उक्त स्थानमा रहेको झाडिमा सुकेको स्याउलामा लुकाई छिपाई राखिएको अबैध घरेलु हतियार (१ नाले बन्दुक ) नाल ६ फेला पारी उक्त हतियारहरू नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँ : सवारी दुर्घटना

मिति २०७७।८।४ गते अन्दाजी ०८:५५ बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी स्थित पृथ्बीराजमार्गमा गोर्खाबाट पोखरातर्फ जादै गरेको लु६०प ५४९ नम्वरको स्कुटरले ऐ.बस्ने सुमन थापाको छोरा पैदल यात्री वर्ष १० को सौरब थापालाई ठक्कर दिदा घाईते भई उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौडा लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि कालीगण्डकी अस्पताल पोखरा रिफर गरिएको , टाउको र निधारमा चोट, अवस्था मध्यम,घटनास्थलमा प्रहरी टोली खटी गई चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

स्याङजा : करेन्ट लागि घाईते

मिति २०७७।०८।०४ गते अन्दाजी १०:२० बजेको समयमा जिल्ला स्याङजा वालिङ नगरपालिका-८ जैसिपधेरा बस्ने वर्ष ५५ को रुक नारायण श्रेष्ट आफ्नै घरको छतमा काम गर्ने क्रममा अचानक बिजुलीको पोलको मेन लाईनको (नाङगो) तारमा छुन गई करेन्ट लागी खस्न जादा घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा ल्याईएको, अवस्था सिरीयस, घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको छ ।

 

 

राजेन्द्रबाबु रेग्मी

(प्रहरी नायव उपरिक्षक)

मो.न.: ९८५१००६२३३

मिति २०७७।०८।०४ गते ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...