बिहिबार पोखराका तीन सहित गण्डकीमा चार जनाको मृत्यु

पोखरा, मंसिर ४ गते । कोरोना भाइरस संक्रमणबाट बिहिबार गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारजना मध्य तीन जना पोखराका महानगरका र एकजना लम्जुङ जिलका रहेका छन् ।

पोखरा महागनरपालिका वडा नम्वर १७ की ७५ वषीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा कात्तिक २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नम्वर ९ की ८३ वषीय महिलाको फिष्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा २८ की ६० वषीय महिलाको मृत्यु भएको छ । आज अपरान्ह १२ः५० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भने लमजुङ जिल्ला बेशीसहर नगरपालिका ५ का ७१ वषीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...