साझा पर्व बन्दै छठ, अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

पोखरा, मंसिर ५ गते । मिथिलाबासीको महान पर्वका रुपमा परिचित छठ पर्वको रौनक पछिल्ला समय पोखरामा बढेको थियो । तराईमा मात्रै हैन् पोखरामा पनि यो पर्व धुमधामका साथ मनाइदैमाइलो गरेर पर्व मनाइएन् । चाडपर्वहरु घरपरिवारमै मनाउन सरकारले आग्रह गरेपछि यस वर्ष विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण धुमधामका साथ भन्दा पनि सामान्य रुपमा मनाइएको छ ।

२०४४ सालदेखि पोखरामा पनि छठ् पर्व सुरु गरिएको हो । रोजगारीका सिलसिलामा तराई र छिमेकी देश भारताबाट पोखरा आइ बसोवास गर्नेहरु घर जान नपाउने भएकाले घरमा जसरीनै छठ पर्व मनाउन पाउन भन्ने उदेश्यले पोखरामा पनि छठ पर्व मनाउन थालिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

 

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

 

पोखरा न्यूरोडकी सृजना रिजाल कार्कीले अहिलेसम्म छठ पर्व कसरी मनाउछन भन्ने बारे थाहै पाउनु भएको थिएन । त्यसैले उहाँ त्यो हेर्न फेवा किनारस्थित केदारेश्वर मन्दिर पुग्नुभयो । त्यस्तै पोखरा ८ की अनुषा गुरुङलाई छठ पर्व रमाइलो लाग्छ । उहाँलाई तराईबासी महिलाले निधारमा रातो र लामो टिका लगाएर टाउकोमा पुजा सामाग्री लिएर हिडेको मनपर्छ । त्यसैले गत वर्षको छठ हेर्न पुग्नुभयो । उहाँ मात्र हैन्, लेखनाथकी अस्मिता पौडेललाई पनि छठ पर्व मनर्छ । त्यस्तै पोखराको मझेरीपाटनकी अनिता तिमिल्सिनालाई पनि छठ पर्व राम्रो लाग्छ । त्यसै पुजा गरेको हेर्न फेवा किनारसम्म पुग्नुभयो । पछिल्लो समय पोखरामा छठ मनाउने क्रमम बढदो छ ।

 

तराईमा मात्रै समित यो पर्व केही वर्ष यता पहाडी जिल्लामा पनि धुमधामका साथ मनाउन थालिएको छ । नेपाली पर्वहरु सवैका साँझा हुन् जसले मनाएपनि हुन्छ, पोखराका विष्णु बसौला भन्नुहुन्छ नेपालीहरु वीच सांस्कृतिक एकता छ, त्यसैले दशै, तिहार र छठ सवैका साझा पर्व भएका छन् ।

तराई तिर धुमधामले मनाईने छठ पर्व केही वर्षयता पोखरा लगाएतका ठाउँमा पनि धुमधामका साथ मनाइदै छ । छठ मनाउनका लागि पोखराको फेवाताल किनार, केदारेश्वर महादेव मन्दिर, सेती नदि र नारायणथान मन्दिरमा छठ मनाउन थालिएको हो ।

छठको अवसरमा भक्तजनहरुले निराहार ब्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ दिने, र त्यसको भोली पल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ । छठका अवसरमा मन्दिर परिसरमा छठ पूजा, विभिन्न भजनकीर्तन, नाचगान, प्रसाद वितरण हुन्छ । छठ पर्व अन्तर्गत गहँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर त्यसको पिठोबाट गुलियो खाद्य सामग्री बनाइन्छ । यही दिन अन्न बाहेक पिरुकिया, ठकुआ, भुसवा, खजुरी फलफुल तथा मुला, गाजर , बेसार, ज्यामिर, नरिवल, सुन्तला, केरा, नांग्लो, कोनिया, सरवा, ढाकन, माटोटको हाथी ठुला ढक्कीमा राखी परिवारका सम्पुर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै नदी किनार वा पोखरी नजिक पुग्ने गर्दछन् ।

ब्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सुर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यसपछि भोली विहान सुर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुनेछ । कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा पर्ने छठ पर्वमा सूर्य भगवानको साथमा छठी मैयाको पूजा हुने गर्देछ । पोखरामा मैथिली तथा तराईमूलका बासिन्दा एवं भारतीय नागरिकले यो पर्व धुमधामका साथ मनाउँदैछन् । ठेकुवा, लडु, कसार, पुरुकिया, खजुरी, पञ्चमेर, पञ्चफल विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, मूला, निम्बु, अदुवा, उखु लगायतका प्रसाद छठमा चढाइन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...