एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार ६६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २२ जना सङ्क्रमितको मृत्यु भएको दत्र्ता गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५३ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...