गण्डकीमा शुक्रबार कोरोना संक्रमणबाट आठ जनाको मृत्युु

पोखरा, मंसिर ५ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका छ र तनहुँका दुई जना सहित आठ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका गण्डकीले जनाएको छ ।

पोखारा २७ का ७१ वर्षीय संक्रमितको बिहीवार राति १ बजेर ४० मिनेट जाँदा पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई कार्तिक २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा ८ का ५४ वर्षीय पुरुषको आज बिहान ३ बजेर ५० मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई कार्तिक २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा ९ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । उहाँको बिहीबार राति ११ बजे पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई हिजो बिहीबार मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा २१ का ७५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई पनि बिहीवार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरामा २९ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । पोखरा १७ का उहाँको आज दिउँसो साढे १२ बजे उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उहाँलाई पनि बिहीबार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उहाँको आज बिहान ४ बजेर १५ मिनेट जाँदा पोखरा स्वास्थ् विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

तनहुँका २ जनाको पोखरामा नै कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो । उहाँलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै भिमाद नगरपालिका ५ का ६६ वषीय पुरुषको मुत्यु भएको छ । आज दिउसो २ः२० बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३९ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...