पोखराका १०० सहित गण्डकीमा १३९ संक्रमित थपिए

 

पोखरा, मंसिर ५ गते ।गण्डकी प्रदेशमा शुक्रबार १३९ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य पोखरा महानगरपालिकाभित्रका मात्रै एक सय जना रहेका छन् । त्यस्तै स्यांजामा ४, लम्जुगमा ८, तनहुँमा १४, पर्वत ३, नवलपुरमा ६ जना संक्रमित थपिएका छन् ।गण्डकीमा संक्रमितको संख्या १०८२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६७० को परिक्षण गरिएकोमा संक्रमित १३९ भएका छन भने १३६ जना कोरोना मुक्त भएका छन् । गण्डकीमा होम आइसोलेसनमा ३४०८ रहेका छन् । गण्डकीमा कुल परीक्षण १०२८६९ रहेको छ ।निको भएको संख्या ६०७४, संक्रिय संक्रमितको संख्या ४६१४ रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...