एक हजार ६७४ थपिए, दुई हजार ३२३ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ६ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा करिब दश हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६७४ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हाल २४ हजार नौ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म १६ लाख ५२ हजार ४३ जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९३ ह्जार ३२५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको दर्ता गरिएको जनाएकाे छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल ७५७ जना क्वारेन्टिनमा बसेकाे जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...