वल्डकप पावर लिफटिङ प्रतियोगितामा नेपाली खेलाडी सहभागी हुने

पोखरा, मंसिर ६ गते । विश्वकप पावर लिफटिङ–२०२० प्रतियोगितामा नेपाली खेलाडीले सहभागीता जनाउनु हुने भएको छ । डिसेम्बर ४ देखि ७ गतेसम्म भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० प्रतियोगितामा पाँच खेलाडीले सहभागीता जनाउने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी हुने खेलाडी मध्य चार जना पुरुष र एक जना महिला सहभागी हुने नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष सुन्दर भुषालले जानकारी दिनुभयो । प्रतियोगितामा पोखराका ४ सहित एक महिला हुहुन्छ । पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५ केजी तौल समूहमा र पोखराकै आशिष आलेले १०० केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनका अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतकी श्रुती कार्कीले भने ५५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्नुहुनेछ । प्रतियोगितामा भाग हुन नेपाली खेलाडी डिसेम्बर ३ तारिखमा भारत प्रस्थान गर्नेछन् । प्रतियोगितामा २५ देशका खेलाडीले सहभागीता जनाउने बताइएको छ । एक वर्ष अगाडी नै प्रतियोगिताको मिति तय भएको र विचमा कोरोनाका कारण सरेको बताइएको छ । यो प्रतियोगिता हरेक वर्ष हुदै छ ।अफिसियलका रुपमा अन्तराष्ट्रिय खेलाडी जीवन गिरी र केदार स्थापित सहभागी हुनुहुने छ ।

 

प्रतियोगितामा सहभागि हुनका लागि नेपाली खेलाडीलाई मात्र करीब साढे ३ लाख खर्च लाग्ने नेपाल पावरलिफ्टङ एशोसियसनले जनाएको छ । खर्च ब्यबस्थापनको प्रयास भइरहेको तर अझै टुंगो लागिनसकेको अध्यक्ष भुषालले बताउनुभयो । राज्यले खर्च ब्यबस्थापन गरिदिनुपर्ने भएपनि त्यसो नहुँदा सहयोगको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

 

कोरोनाका कारण खेलकुद गतिविधि शून्य अवस्थामा पुगेको बेला हुन लागेको प्रतियोगिताले खेलाडीमा उत्साह र उर्जा भर्ने विश्वास गरिएको एशियन पावरलिफ्िटङ फेड्रेसनका उपाध्यक्ष जीवन गिरीले बताउनुभयो । उहाँले विश्वकपमा सहभागी हुन पाउनु खेलाडीका लागि ठूलो अवसर भएको बताउनुभयो । कोरोनाका कारण प्रादेशिक रुपमा छनौट गर्न नसकिएपनि पहिलेकै छनौटलाई आधार मानेर खेलाडी सहभागिताको टुंगो लगाइएको नेपाल पावरलिफ्टङ एशोसियसनले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा खेलकुद पत्रकार गण्डकीका अध्यक्ष एकराज गिरी, पावरलिफ्िटङ कास्कीका अध्यक्ष राजुकुमार थापा लगायतले खेलाडीलाई उत्कृष्ट खेल प्रर्दशन गरेर पदक जितेर फर्कन शुभकामना दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...