मोटरसाइकलको ठक्करबाट आठ वर्षका सिमखडाको मृत्यु

पोखरा, मंसिर ६ गते । मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार तनहुँ भानु नगरपालिका ५ पञ्चनगरस्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा चन्द्रावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा ७० प ६९०१ नं को मोटरसाईकलले पैदलयात्री बाङ्गेरुवा बस्ने वर्ष ८ का आईज्याक सिमखडाको मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा चोट लागि गम्भिर घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका वियषमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...