पोखरा बन्यो कोरोनाको हट स्पट, आजदेखि महानगरको सेवा एक साता बन्द

पोखरा, मंसिर ७ गते । पोखरा कोरोना भाइरसको हट स्पट बनेको छ । पोखरा महानगरमा देैनिक ५० भन्दा बढि संक्रमित थपिएका छन् भने कम्तिमा एकजनादेखि ६ जनासम्मको मृत्यु भएको छ । पोखरा मात्रै हैन महानगरनै कोरोनाको केन्द्र बनेको छ । पोखरा महानगरका करिव ५० भन्दा बढि कर्मचारीमा कोरोना संक्रमण भएको छ । पोखरा महानगरका उपप्रमुख लगायत सचिवालयका कर्मचारीमा कोरोना संक्रमण भएको छ । कार्यालयमा कर्मचारीहरु संक्रमित र कन्टयाक्ट टेसिंगमा परेपछि महानगरले आजदेखि अत्यावश्यक बाहेकका सेवा स्थागन गरेको छ ।

पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको सार्वजनीक सुचना प्रकाशित गरेर जनाएको छ । महानगरपालिकाले शुक्रबार सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मंसिर १२ गतेसम्म स्थगन गरिएको जनाएको हो । महानगरले शुक्रबार छठको विदा समेत दिएको थियो ।

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी कर्मचारी कोभिड–१९ संक्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपप्रमुख आफैं संक्रमित हुनुहुन्छ, प्रमुखको सचिवालय लगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मंसिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस भनेर सूचना जारी गरेका छौँ ।” महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो  ।

पोखरा बन्यो कोरोनाको हट स्पट, आजदेखि महानगरको सेवा एक साता स्थगन

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...