पुम्दीभुम्दीमा काँग्रेसको शोक सभा

पोखरा, मंसिर ६ गते । नेपाली काँग्रेस पोखरा २२ वडा इकाइ समितिले पुम्दीभुम्दीमा शोक सभा गरेको छ ।इकाइ सभापति देउकाजी गुरुङका बुबा बुद्विबहादुर गुरुङ र क्रियाशील सदस्य बुद्विराम परियारको स्मृतिमा शोक सभा गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

शोक सभामा कास्की काँग्रेसका नेता तथा स्थानीय कार्यकर्ता सहभागी थिए । शोक सभामा बोल्दै नेता खेमराज पौडेलले पार्टीका लागि योगदान गर्नेलाई सदैव सम्मान गर्नुपर्ने उल्लेख गरे ।

 

कास्की काँग्रेस सचिव सुदीपमोहन भट्टराईले नेता तथा कार्यकर्ताको सामूहिक प्रयासबाट काँग्रेसलाई शक्तिशालि पार्टी बनाउनुपर्नेमा जोड दिए ।

 

इकाइ उपसभापति चेतभक्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव होमप्रसाद बराल, पोखरा २२ वडा सदस्य ओमकुमारी गुरुङ, बुद्विबहादुर गुरुङका कान्छा छोरा रामबहादुर गुरुङ लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...