बालबालिकाकी प्यारी दिदि निमा 

न विदेश जाने रहर भयो नत लाहुरेनी वनेर अरुको परिचयमा रमाउन मन

मन्दीरा पराजुली

वालवालीकाकाको क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आउनुभएकी एक क्रियाशील व्यक्तित्व निमा गुरुड् । वावा ईन्डीयन आर्मी हुंदा ईन्डीयामा जन्मीएकी निमाले अध्ययन कार्य भने नेपाल आएर नै गर्नुभयो । पोखराको वगालेटोलमा हुर्कीनुभएकी निमाले व्यवस्थापन संकाय वाट स्नातकोत्तर सम्म अध्ययन पुरा गर्नुभएको छ । वहॉलाई सानैदेखी वालवालिकाहरु धेरै प्यारो लाग्थे । आफुपनि घरको जेठो छोरी भएकोले भाई वहीनीको रेखदेख गर्नुपर्ने जीम्मेवारी वहॉलाई थियो । चाहे घरमा होस् या समाजमा वहॉलाई वालवालीका हरुसंग विताउने हरेक पल रमाईलो लाग्छ। अधिकांश समय विपन्न तथा असहाय वालवालीकासंग विताउने वानी परीसकेको छ नीमालाई ।

गुरुड् समुदायकी छोरी भएकोले वहॉलाई विदेशी भुमीमा गएर सुखसयलको जिवन व्यतित गर्न पाउने कयौं सम्भावनाहरु थिए तर , नेपालमै वसेर विपन्न, असहाय र कमजोर वर्गका वालवालीको सहयोगी वनेर वस्ने ईच्छा राख्नुहुन्छ वहॉ । वहॉका समकालिन साथीहरु कोही व्रिटीस त कोही ईन्डीयन लाहुरेसंग विवाह गरेर सौखीन जीवन विताईरहेका छन् । गुरुड् समुदायमा विशेष गरी छोरीलाई लाहुरे खोजेर विवाह गरीदीने चलन हुन्छ तर , वहॉलाई न विदेश जाने रहर भयो नत लाहुरेनी वनेर अरुको परिचयमा रमाउन मन । समुदायमा सामाजीक अभियंता भएर काम गर्न पाउंदा आफुलाई आत्मसन्तुष्टी मिल्ने वहॉको कुरा सुन्दा जोकोहीलाई प्रेरणा र उर्जा मील्छ । संधै सरल भएर प्रस्तुत हुने नीमाको विशेषता नै हो । सादापन र लवाईलाई मात्र हेरेर मुल्यांकन गरीएका केही क्षणहरु सम्झींदा वहॉलाई अनौठो लाग्छ । वैंकमा जॉदा वैंकका स्टाफले वहॉलाई अनपढ़ होला भन्ने सोचेर साईन गर्न आउंछ भनेर सोध्दा होस् या जहाजमा चढ्दा सवै यात्रुलाई एयर होस्टेसले पत्रिका पढ्न दीने तर , आफुलाई अनपढ़ जस्तो सम्झेर पत्रिका पढ्न नदींदा अचम्म लग्थ्यो ।

 

जवकी निमा स्नातकोत्तर तहसम्म अध्ययन सकाएर ३१ वर्षसम्म समाजमा परोपकारी काम गरेर हींडेकी एक उच्च शिक्षित र सालीन व्यक्तित्व हुनुहुन्छ । वहॉले अंग्रेज़ीमा लेखेका आर्टीकलहरु पनि धेरै छन् । अंग्रेज़ीमा लेख्न र धेरै व्यतित्वहरुको अगाडी उभीएर आफ्नो विचार राख्न सक्ने निमालाई अनपढ़ भनेर व्यवहार गरेको देख्दा हॉसो उठ्छ । हॉसो यसकारण उठ्छ की हाम्रो जस्तो अल्पविकसित समाजमा मानीसलाई उसको लवाई र वाह्य आवरणको आधारमा मुल्यांकन गरीन्छ । निमा भन्नुहुन्छ ( चिटीक्क देखीने सवै शिक्षित र सम्पन्न हुंदैनन् । सादा जीवनसैली अपनाउने सवै अशिक्षित र विपन्न हुंदैनन् भन्ने पनि नवुझ्ने समाज देख्दा अचम्म लाग्छ । आफ्नो अध्ययन सकाएपछि २०४६ सालदेखी आफ्नै परिचय वनाउनुभएकी निमाले पोखराको एक वोर्डीड्ग स्कुलको शिक्षक भएर करियर सुरु गर्नुभयो। स्कुलमा शिक्षक हुंदै गर्दा र वच्चाहरुसंग नजीकीदै जॉदा उहॉलाई असहाय र सड़क वालवालीकाहरुको क्षेत्रमा काम गर्ने रहर लाग्यो । आफ्नो जीवनको ३१ औं वसन्त विविध संघसंस्थामा काम गर्नुभएको निमाले करिव २४ वर्ष वालवालीकाकै क्षेत्रमा काम गरीरहनुभएको छ ।

 

निकै लामो समय अपाड्ग, असहाय तथा आर्थिक हीसावले कमजोर परिवारका वालवालीकाको क्षेत्रमा काम गर्नुभएकी निमालाई वालवालिकाहरुका विविध समस्याहरु समाधान गर्ने काम गर्न पाउंदा समय वितेको पत्तै हुंदैन । विहान देखी वेलुकासम्म उहॉलाई वालवालीकालाई कसरी सहयोग गर्ने भन्ने मात्र चिन्ता हुन्छ । निकै सरल र सहयोगी स्वभावकी निमा मध्ययम वर्गीय परिवारमा जन्मे हुर्केकी भएरपनि निकै सरल ,सहयोगी र सालिन देखीनु उहॉको विशेषता नै हो । अहीलेसम्म पनि निमा ‘वालहीतकारी परियोजना नेपाल ‘ भन्ने संस्थामा कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । यस संस्थाले अपाड्ग, असहाय , तथा आर्थिक रुपले कमजोर सडक श्रमिक र जोखिममा रहेका वालवालीकालाई सहयोग गर्ने काम गर्दछ । पारिवारिक विविध समस्याहरुका कारण सड़क श्रमिक हुनुपर्ने वाध्यतामा परेका विपन्न परिवारका वालवालिकालाई सडकवाट उनीहरुकै घर फर्काउने कामसंगै घर फर्किएका वालवालीकालाई आवश्यकता अनुसार खाना , कपड़ा तथा स्वास्थ्य , शिक्षा जस्ता अत्यावश्यक कुराहरुमा सहयोग गर्ने काम उहॉको संस्थाले गर्दै आएको छ ।

 

त्यसैगरी वालवालीकाहरुको जन्मदर्ता गराउन प्रोत्साहन गर्ने , नागरिकता नवनाएका अभीभावक लाई पनि नागरीकता वनाउन प्रोत्साहन गर्ने लगायतका कार्यहरु उहॉको संस्थाले गर्दै आएको छ । नेपाल अधिराज्यभर जहॉपनि पुगेर सहयोग गर्ने लक्ष्य लिएको उहॉ कार्यरत संस्थाको कार्यक्रम सफल वनाउने एक सामाजिक अभियंता निमा गुरुड् वन्नुभयको छ। यस संस्था वाहेक निमा आफ्नो घर , टोल वरपर महीला समूह तथा टोल सुधार समुहहरुमा पनि उत्तिकै सकृय हुनुहुन्छ । वहॉ विदाको दीन टोल सुधारका कार्यक्रमहरुमा सहभागी हुने गर्नुहुन्छ । आफ्नो टोल वरपर सफा राख्नका लागी टोल सफाईको काममा पनि खटीने गर्नुहुन्छ ।

 

वहॉको स्थाई वसोवास भएको पोखराको न्युरोड संगममार्ग महीला समुहले हरेक शनिवार आफ्नो टोल सफा गर्ने काम गर्दै आएको छ , जहॉ निमा पनि संम्लग्न हुनुहुन्छ । घरमा वस्दा फुर्सदको समयमा पनि वहॉ कौसी खेती अथवा घरवरपर वगैंचा तथा गमलामा फुलहरु रोप्ने काममा नै व्यस्त रहन मन पराउनुहुन्छ । वहॉ भन्नुहुन्छ “आफ्नो घरमा रोप्ने फुलहरुको जती माया लाग्छ त्यस्तै माया विपन्न,असहाय वालवालीको पनि लाग्छ “। तेसैले त निमा वालवालीकाकी प्यारी दीदी वन्नुभयको छ । वालवालिकाको क्षेत्रमा कयौं वसन्त खर्चिएकी निमालाई समाजको उदारणिय व्यक्तित्व वनेर अझै धेरै अगाडी वढीरहनुहोस् भन्ने सतत शुभकामना ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...