आँधी तुफान २ मा ‘साहो’ का भिलेन

सूर्य बाँस्तोला
पोखरा, ७ मंसिर ।लेखक तथा निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान २’ मा बलिउड सिनेमा ‘साहो’ मा अभिनय गरेका साम्भा कोईरालालाई अनुबन्धित गरेका छन् । उनले सिनेमामा मुख्य खलनायकको भूमिका निर्वाह गर्नेछन् । लामो समयदेखि नेपाली सिनेमामा सक्रिय मौनताले थुप्रै सिनेमामा स्क्रिप्ट लेखन तथा निर्माण गरिसकेका छन् ।
श्रेष्ठले साम्भाले बलिउड सिनेमा साहोमा सह खलनायकाको भुमिकामा काम गरिसकेको बताए । साम्भा आफ्नो सिनेमाको पात्रसँग मिल्ने भएकाले पनि सिनेमामा अनुबन्धित गरेको बताउँछन् ।
हाल सिनेमाको स्किृप्ट लेखनसँगै कलाकार छनोटको काम अन्तिम चरण पुगेको छ । सिनेमामा नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको विषयलाई प्रमुखताका साथ उठान गर्दैछु, उनले भने । मदन घिमिरेको निर्देशनमा निर्माण हुने सिनेमा ‘आँधी तुफान २’का कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

 

एक दशक पहिले महेन्द्र बुढाथोकीले निर्देशनमा निर्माण भएको ‘आँधी तूफान’मा पूजना प्रधान, ऋचा घिमिरे र रन्जु लामिछानेको मुख्य भूमिका थियो । नारी प्रधान सिनेमामा केहि नयाँका साथमा पुराना र अनुभवी कलाकारहरुको अभिनय रहनेछ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...