नारायणी नदीमा खसेर बालिकाको मृत्यु

पोखरा, मंसिर ७ गते । नारायणी नदीमा खसेर एक बालिकाको ज्यान गएको छ । आइतबार विहान दश बजेको समयमा चितवन खैरेनी नगरपालिका सलौली बस्ने वर्ष तीनककी  आरोही तिमिल्सेनाको नवलपरासी पूर्व गैडाकोट नगरपालिका ६ रामघाट मामाघर आएको र  खेल्ने क्रममा नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मामाघर नजिकै १५० मिटर नजिक रहेको नारायणी नदीको किनारमा खसेर पानीमा डुबेर मुत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । त्यस्तै तनहुँ भानु नगरपालिका २ आमबोटे बस्ने वर्ष ४५ को हरि बहादुर पराजुली आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा  फेला पर्नुभएको छ । तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ । यता भारत अछाम घर भई  पर्वत कुश्मामा बस्दै आएका अंन्दाजी वर्ष ५५ को सन्देन यादव कास्कीके अन्नपूर्ण गाउँपालिका ३ जलजला खोलाको पुलबाट लडी घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाईएको र  उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...