कक्षा १२ को परीक्षा भोलिदेखि, तयारी पुरा

पोखरा, मंसिर ८ गते । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले सबै क्षेत्र प्रभावित भएका छन् । देशमा आठ महिना लकडाउन भयो । लकडाउनले देशमा सबै क्षेत्र ठप्प भए । कोरोनाका कारण सवैभन्दा ठूलोमा शैक्षिक क्षेत्र परेको छ । लाखौ विद्यार्थीहरु आठ महिनादेखि घरमै बस्न बाध्य छन् । विद्यालय सञ्चालन गर्ने अवस्था अझै सृजना भएको छैन् ।

पोखरामा दैनिक बढदो कोरोना संक्रमणका कारण विद्यालय कहिले खुल्ने अन्यौल छ । तर तत्काल यहाँका विद्यालय खुल्ने अवस्था छैन् । त्यसैले विद्यार्थी कोरोनाको मारमा परेका छन् । कोरोना कहरकै वीचमा कक्षा १२ को परीक्षा सञ्चालन हुदै छ । भोलि मंगलबारदेखि देशभर परीक्षा सञ्चालनको तयारी पुरा भएको छ ।

 

गण्डकी प्रदेशमा पनि सञ्चालन हुदैछ । परीक्षामा देशभरबाट चार लाख ३२ हजार पाँच सय परीक्षार्थी सहभागी हुनेछन शिक्षा मन्त्रालयले जनाएको छ । गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । स्थगित परीक्षा मंगलबारदेखि शुरु हुदैछ । परीक्षा मंसिर १६ गते सम्म चल्ने छ । गण्डकी प्रदेशका १० जिल्ला तथा साविक गण्डकी र धवलागिरी अञ्चलमा ५३६ परीक्षा केन्द्रमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने काम पूरा भएको भइसकेको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीले जनाएको छ ।

 

परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक विष्णुनारायण श्रेष्ठका अनुसार गण्डकीका १० जिल्लाबाट परीक्षामा ३८ हजार ८७७ जना सहभागी हुँदैछन् । जसमा नियमिततर्फ २७ हजार ८४६, पार्टसियल तर्फबाट ११ हजार ३१ जना सहभागी हुने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।गण्डकी प्रदेशमा मनाङबाट सबैभन्दा थोरै मनाङमा दुई परीक्षा केन्द्रबाट ६९ जना परीक्षार्थी सहभागी हुँदैछन भने सबैभन्दा धेरै कास्कीमा १३२ परीक्षा केन्द्रमा १४ हजार ७२० जनाले परीक्षामा सहभागीता जनाउने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...