देशभर मंगलबार एक हजार ७९० जना सङ्क्रमित

काठमाडौं, मङ्सिर ९ गते । नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको भएका छन् ।निको हुनेको संख्या दुई लाख चार हजार ८५९ रहेको बताउनुभयो । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।

 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।  

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...