पारस खडका आईसीसीको दशक पुरस्कारको मनोनयनमा

काठमाडौं, मंसिर ९ गते । नेपाली क्रिकेट टोलीका पूर्ब कप्तान समेत रहनुभएका अलराउण्डर पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एशोसिएट प्लेयर अफ द् डिकेड पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । पारससँगै अशोसिएट राष्ट्रबाट स्कटल्याण्डका काइल कोट्जर, कैलम म्याकक्लोयड, रिची बेरिंगटन, पपुवा न्यू गिनीका असाद भाला र नेदरल्याण्ड्सका पिटर बोरेन पुरस्कारको मनोनयनमा परेका छन् ।


आईसीसीले एक दशकसम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरलाई विभिन्न शिर्षकमा पुरस्कृत गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आईसीसी अशोसिएट क्रिकेट, आईसीसी महिला एशोसिएट क्रिकेट, महिला क्रिकेट, पुरुष क्रिकेट, ओडीआई पुरुष र महिला क्रिकेट, टेष्ट क्रिकेट लगायतको विधाका क्रिकेटरको मनोनयन सूची आईसीसीले सार्वजनिक गरेको हो ।

३३ वर्षीय पारसले नेपालले एकदिवसीय मान्यता प्राप्त गरे यता छ अन्तर्राष्ट्रिय एकदिवसीयमा २३५ रन बनाउनुभएको छ । १५ टी ट्वान्टीमा उहाँले ७७४ रन बनाउनुभएको छ । एकदिवसीय खेलमा उहाँले एक शतक र एक अद्र्धशतक समेत लगाउनुभएको छ ।
नेपालको प्रतिनिधित्व गर्नुहुँदै उहाँले उमेर समूहका खेल सन् २००० को सुरुवातमै सुरु गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...