गिरी गण्डकी प्रदेशको केन्द्रिय सदस्यमा अगाडी

नेउवा महासंघको ५४औं साधारण विहिवार देखि

लेखनाथ, मंसिर १० गते ।नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिबेशन विहिवार देखि काठमाडौमा हुदै छ ।महासंघको मंसिर ११, १२ र १३ मा हुने ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनका लागि १३ गते चुनावी कार्यक्रम रहेको छ ।


महासंघको बरिष्ठ उपाध्यक्ष पदमा लागी बर्तमान जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एशोसियट सदस्य चन्द्र ढकाललका विच कडा प्रतिस्पर्धा हुदै छ भने गण्डकी प्रदेश केन्द्रिय सदस्य पदका लागि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीको पनि उमेदवारी रहेकाले उहाँको स्थिती राम्रो देखिएको काठमाडौमा रहनु भएका संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिनुभएको छ ।

गत बर्षको अधिवेसनमा पनि लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी र वर्तमान गण्डकी प्रदेश केन्द्रिय सदस्य निर्माण श्रेष्ठ (वासु) का विच प्रतिस्पर्दा हुदाँ श्रेष्ठ केही मतको अन्तरले विजयी भएका थिए भने यस पटक गिरीको अवस्था जित निजीक पुगेको बताईएको छ ।

महासंघको गण्डकी प्रदेश केन्द्रिय सदस्य पदका लागि १५ वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भोट गर्न पाउने ब्यवस्था भएकोमा जसले आठ मत भन्दा बढि मत ल्याउने विजय हुने भएकाले बावुराम गिरीको पक्षमा बहुमत भोटरको समर्थन रहकाले जित निजीक पुगेको त्रिपाठीको दावी रहेको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...