पोखराका ६७ सहित गण्डकीमा १६५ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर १० गते । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १० का ७६ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज विहान ४ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भ स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । .

 उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै गण्डकी प्रदेशमा १६५ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बुधबार दिउसो जारी गरेका छ विज्ञप्ति अनुसार पोखराका ६७ जना सहित १६५ संक्रमित थपिएका हुन् ।

 

गण्डकीका ११ जिल्ला मध्य नपवरासीमा ६३ जना, तनहुँमा ११ जना, पर्वतमा ५ जना, बाग्लुङमा ८ जना, लम्जुङमा २ जना र स्याङजामा २ जना र गोरखामा ३ जना नयाँ संक्रमित थपिएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...