सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति

काठमाडौं, १० मंसिर । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज  बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुभएको थियो । आर्थिक वर्ष २०७५/७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौ ।’

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।मन्त्रीपरिषद्बारा स्वीकृति प्रदान भइसकेपछी अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।

सन् २०१९ मा चिनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सँयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो । सोहीबमोजीम नेपाल र चिनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।यसअघी विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...