गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

पोखरा, मसिर ११ गते । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा बिहीबार दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार पोखराको मणिपाल अस्पतालमा उपचाररत ६६ वर्षीया महिलाको बुधबार राति साढे नौ बजे मृत्यु भएको हो ।

पोखरा १३ की महिलालाई मंसिर ७ गते कोरोना संक्रमण भएको थियो । लमजुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ७ की वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कास्की सेवा अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १४४ को मृत्यु भएको छ । ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...