पोखराका ३७ सहित गण्डकीमा थपिए ६१ नयाँ संक्रमित

पोखरा, मंसिर ११ गते । गण्डकी प्रदेशमा बिहीबार ६१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेका पाँच विज्ञप्ति अनुसार पोखरामा बिहीरबार ३७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै गोखरामा ५ जना, तनहुँमा ८ जना, बाग्लुङमा ४ जना, नवलपरासी ६ जना र स्याङजामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

 

अहिले सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५४० पुगेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी जारी गरेका पाँच विज्ञप्ति अनुसार बिहीबार पोखरा र लमजुङका एक÷एक जनाको मृत्यु भएको छ ।कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा बिहीबार दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार पोखराको मणिपाल अस्पतालमा उपचाररत ६६ वर्षीया महिलाको बुधबार राति साढे नौ बजे मृत्यु भएको हो ।

पोखरा १३ की महिलालाई मंसिर ७ गते कोरोना संक्रमण भएको थियो । लमजुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ७ की वर्षीया महिलाको मृत्यु भएको छ ।

उनलाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कास्की सेवा अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १४४ को मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...