लागूऔषध गाँजा सहित तीन जना फक्राउ

पोखरा, मंसिर ११ गते । कास्की प्रहरीले लागुऔषध गाजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नंम्बर ३१ किमबेशी बस्ने बर्ष २६ को जिबन भुजेल, रुपा गाउँपालिका वडा नंम्बर ७ स्याक्लुङ बस्ने बर्ष २६ को रुबिन गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले पठाएको विवरणमा एकजनाको नाम नखुलाईकन परिर्वतीत नाम भनेर गोप्य राखिको छ । प्रहरीले पठाएको विवरणमा पोखरा महानगरपालिका वडा नम्बर ३१ लामागाउँ बस्ने बर्ष १७ को परिबर्ति नामथर लेखनाथ ६ उल्लेख छ ।

लागूऔषध बेचबिखन तथा कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमायस जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय हशंपुरको डाडाकोनाकबाट खटिएको प्रहरी टोलीले बधुबार चार तीस बजे महानगरपालिका वडा नंम्बर ३१नहरचोकमा ३ जना व्यक्तिहरुले झोला भित्र लुकाई छिपाई राखेको लागूऔषध गाँजा १ किलो १ सय ग्राम, मोवाईल थान २, नगद रु ३७०० सहित पक्राउ गरी थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...