दुई लाख ५० हजारको स्कुट किन्दा सात लाख ८० को बम्पर उपहार

पोखरा, मंसिर १२गते । पोखरा महानगरपालिका–४ सिद्धार्थचोकका नारायणहरि तिवारीले टिभिएस ब्राण्डको स्कुटर खरिद गर्दा मोटरसाइकल उपहार जित्नुभएको छ । गत कात्तिक १ गते घटस्थापनाको दिन नयाँबजारस्थित बतास ब्रदर्शको टिभिएस शोरुमबाट रु दुई लाख ५० हजारको एन्ट्रोक रेस इडिसनको स्कुटर किन्नु भएका उहाँले लक्की ड्र मार्फत बम्परमा रु सात लाख ८० मुल्य बराबरको आरआर ३१० मोटरसाइकल पुरस्कार जित्न सफल हुनुभएको बतास ब्रदर्शका टिभिएस युनिटका बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

टिभिएसले दशैँ तिहार,छठ लगायतका पर्वहरुलाई लक्षित गरी ल्याएको ‘टिभिएस दशैँको आशा’उपहार योजना बम्परमा मोटरसाइकल पुरस्कार राखिएको थियो ।उपहार विजेता तिवारीलाई आज शोरुममा एक कार्यक्रम आयोजना गरी पुरस्कार हस्तान्तरण गरियो ।गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विजेता तिवारीलाई चावी हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले मानिसको जीवनमा उपहारको महत्व र माया बढी रहेको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

विजेता तिवारीले श्रीमतीका लागि टिभिएस एन्ट्रक स्कुटर किन्दा नसोचेको उपहार पाएको बताउँदै पहिलो पटक टेलिभिजनबाट विजेता भएको सुन्दा खुःशीको सीमा नरहेको उल्लेख गर्नुभयो । बतास ब्रदर्शका कार्यकारी निर्देशक प्रमेश पराजुलीले देशका अन्य स्थानमा ग्राहकले उपहार पाइरहँदा यस क्षेत्रमा पनि परे हुन्थ्यो भन्ने लागिरहेको अवस्थामा बम्पर पुरस्कार यहीँका ग्राहकलाई परेकामा खुःशी व्यक्त गर्नुभयो ।टिभिएसका बिक्री प्रवन्धक पोखरेलले दशैँ तिहार उपहार योजना शुरु भएपछि पोखरा शोरुमबाट छ हजारको संख्यामा स्कुटर तथा मोटरसाइकल बिक्री गर्न सफल भएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...