आर्दश क्लबको रक्तदान, ४२ यूनिट रगत संकलन

पोखरा–२९ मा रहेको आर्दश युवा क्लबले आफनो २३ औ बार्षिकोत्सवको अबसरमा तथा २१ औ रक्तदान  कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शुक्रबार गरेको रक्तदान कार्यक्रममा ४२ यूनिट रगत संकलन भएको छ ।रक्तदान कार्यक्रमको पोखरा २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङले गर्नुभयो । रक्तदान कार्यक्रममा कोरोना भाइरस संक्रमणमा फ्रन्ट लाइनमा रहेर खेलेको भुमिकाको प्रसंशा गदै पोखरा २९ को स्वास्थ्य चौकका प्रमुख विशाल पौडेललाई सम्मान समेत गरिएको छ ।

उहाँलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको आर्दश क्लबका अध्यक्ष लक्ष्य भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यष चेत गुरुङ, जनप्रकाश टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङ, भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, क्लबका सल्लाहकार जगबहादुर गुरुङ, नवदुर्गा टोल विकास स.स्थाका अध्यक्ष चिनबहादुर गुरुङ, नेकपा नेता श्रीप्रसाद गुरुङ लगाययतले बोलेका थिए । कार्यक्रम आर्दश क्लबका अध्यक्ष लक्ष्य भण्डारीको अध्यक्षतामा भएको थियो भने स्वागत क्लबका निर्वतमान अध्यक्ष विशाल श्रेष्ठ र सञ्चालन सचिव पदम गुरुङले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...