लोकतान्त्रिक खेलकुद संघको रक्तदान, ९६ युनिट रगत संकलन

पोखरा, मंसिर १२ गते । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले शुक्रबार पोखरामा खुल्ला रक्तदान गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा १० स्थित अमरसिंहचोकमा आयोजित रक्तदानमा ९६ युनिट रगत संकलन भएको संघका अध्यक्ष ओम बस्नेतले जानकारी दिनुभयो ।


नेपाली काँग्रेस खेलकुद विभागले संचालन गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा पनि रक्तदान गरिएको हो । कोरोनाको संक्रमणसँगै रक्तदान कार्यक्रममा कमी आई रगतको अभाव सृजना भैरहेका बेला भएको रक्तदानले रगतको अभाव कम गर्न टेवा पु¥याएको आयोजकको विश्वास छ ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले रक्तदाता विकास गुरुङलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले संघले मानवीय सेवा गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले मुलुक महामारीमा रहेका बेला प्रजातन्त्रवादी युवाको रचनात्मक भूमिका आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुदका माध्यमबाट युवाहरुलाई सृजनशील बनाउन सकिने बताउनुभयो । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष ओम बस्नेतको अध्यक्षतमा भएको कार्यक्रम सचिव प्रकाश बरालले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...