१६ दिने अभियान अन्र्तगत महिला मानव अधिकार रक्षक सञ्जालले पोखरा विभिन्न कार्यक्रम गर्ने

पोखर मंसिर १३ गते ।लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गण्डकी प्रदेशका राजधानी पोखारमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीसंग मिलेर जनचेतना मुलक अन्र्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रम अन्र्तगत मंसिर १६ गते  पोखरा १६ बाटुलेचौरको तल्लो गोस्तेघाटमा रहेको सुकुम्बासी बस्तीमा सुरक्षित मातृत्व अन्र्तगत त्यसका कानुनी प्रवाधन लगायतका विषयमा जानकारी गराइने भएको छ । त्यस्तै सुरक्षित मातृत्व अन्र्तगत पोखरा महागनरपालिका वडा नम्वर ३० को खुदी ढुंगेपाटनमा १७ गते, पोखरा १३ मियाँपाटनको मुस्लिम बस्तीमा मंसिर २२ गते र पोखरा १४ रातो डाँडामा रहेको सुकुम्बासी बस्तीमा मंसिर २३ गते कार्यक्रम गर्ने तयारी गरिएको अध्यक्ष मगरले सफल न्यूलाई जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...