पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपी भट्टराई

पोखरा, मंसिर १३ गते । पोखरा पर्यटन परिषदको २० औं वार्षिक साधरण सभा तथा ११ औं अधिवेशनले गोपी भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने छ ।
अधिवेशन उद्घाटन शुक्रबार नै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमाङ्कनको काम तीन महिनाभित्र सक्ने दावी गरेका छन् । उनले लामो समयदेखि विवादितरुपमा रहेको सिमाङ्कनको काम सकेर मूअब्जा वितरणमा लाग्ने बताए ।मुख्यमन्त्री गुरुङले पूर्वराजाहरुले प्रयोग गर्दै आएको फेवाताल किनारमा अवस्थीत हिमागृह, रत्नमन्दिर सर्बसाधरणका लागि तीन महिनाभित्र खुला गर्ने बताए । नेपाल ट्रस्टको स्वामित्वमा रहेको ठाउँलाई पर्यटन स्थल हुने बताए ।
उनले सरकारले ल्याएको मौद्रिक निति राम्रो भएको पनि कार्यान्वयनको पक्ष कठिन भएको बताए । पोखराले पर्यापर्यटन मैत्री शहरका रुपमा प्रदेश सरकारले विकास गर्न लागेको बताए । कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सन्तोष पोखरेललाई सम्मान गरिएको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...