जवरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने होटल सञ्चालक पक्राउ

पोखरा, मंसिर १३ गते । जवरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने होटल सञ्चालकलाई कास्की प्रहरीले फक्राउ गरेको छ । काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ जाल्पारोमा खाजाघर संचालन गर्ने वर्ष ३४ को केशव भुजेललाई पक्राउ गरेको हो । पक्राउ गरीएका भुजेललार्ई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पिडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको बताइएको छ । राम्रो काममा लगाईदिन्छु भनि बोलाई सुरुमा राम्रै बोलि व्यवहार गर्नुका साथै खाजा नास्ता बितरणको काममा लगाएको र एक दुई दिनपछि खाजा घरमा आउने व्यक्तिहरुसंग संचालकले पैसा लिई डर, धाक धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने अन्यत्र होटलहरुमा समेत जबरजस्ती पठाई यौन शोषण गराएको भन्ने जाहेरीको आधारमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...