सुशासनमा दक्षिण एसियाकै पहिलो स्थानमा उक्लियो नेपाल

काठमाडौं, मंसिर १३ । सुशासनमा दक्षिण एसियामै नेपालको स्थान सवैभन्दा माथि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।बिगतमा आफूले गरेको भ्रष्टाचारलाई आधार मानेर भ्रष्टहरुले नियोजित रुपमा आरोपको बर्षा गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आएसँगै सुशासनमा नेपाल दक्षिण एशियामै पहिलो स्थानमा उक्लिएको हो ।

वल्ड जष्टिस प्रोजेक्टले सार्वजनिक गरेको तथ्यांकअनुसार सुशासनमा नेपाल बिश्वको ६१औं स्थानमा र दक्षिण एशियामा सबैभन्दा माथि रहेको छ । नेपाली कांग्रेसका महासमिति सदस्यले आफ्नो कुण्ठा पोखरेल बनाएको एमनेष्टि इन्टरनेश्नलको प्रतिवेदनले झुटो अफवाह फैलाएकै बेला बिश्वमै सवैभन्दा निश्पक्ष मानिने संस्था वल्ड जष्टिस प्रोजेक्टले तथ्य बाहिर ल्याएको हो । जस्ले एमनेष्टिको प्रतिवेदन झुटको पुलिन्दा सावित गर्दै नेपाल दक्षिण एशियामै सुशासनमा पहिलो नम्बरमा परेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...