उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यमा अधिकारी र गिरी निवार्चित

पोखरा, मंसिर १३ गते । नेपाल उद्योग वाणिाज्य महासंघको केन्द्रीय सदस्यमा दामु अधिकारी र बाबुराम गिरी विजयी हुनुभएको छ ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका अधिकारीले हाज भएको मतदानमा उत्तम लाल चुकेलाई पराजित गर्दै महासंघको केन्द्रीय सदस्यमा विजयी हुनुभएको हो ।

संस्थापक सदस्यहरु १२ मध्येबाट अधिकारीले सात मत प्राप्त गर्नुभएको थियो । अधिकारी महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट निर्वाचनमा हुनुभएको हो । त्यस्तै गण्डकी प्रदेशबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा बाबुराम गिरी निर्वाचित हुनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीले शनिबार भएको महासंघको निर्वाचनमा प्रदेशबाट उमेद्वारी दिननुभएका बागलुङका निर्माणकुमार श्रेष्ठलाई पराजित गर्दै केन्दीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...