गण्डकीमा कोरोना संक्रमणबाट शनिबार चार जनाको मृत्यु

पोखरा, मंसिर १३ गते । गण्डकी प्रदेशमा शनिबार कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको छ । संक्रमण भएका चार जनाको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

मृत्यु भएका मध्य पोखराका दुई जना र तनहुँ र लमजुङका एक÷एक जना छन् ।पोखरा–१५ का ५२ वर्षीय संक्रमित पुरुष तथा पोखरा–१० का ६९ वर्षीय पुरुषको शुक्रबार साँझ गण्डकी मेडिकल कलेजमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुुँको रिसिङ गाउँपालिका ८ की ७८ वर्षीया संक्रमित महिलाको हिजो साँझ ७ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

लमजुङको मध्य नेपाल नगरपालिका–६ का ८५ वर्षीय संक्रमित पुरुषको आज दिउँसो उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...