अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा गम्भिर बनेन प्रदेश सरकार

पोखरा, मंसिर १४ गते । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गण्डकी प्रदेशको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेस स्तरका सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालमा गम्भिर वन्न नसकेको बताएकाछन।

कार्यक्रमका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका कार्यक्रमहरुमा सरकार सरोकारवाला निकायहरु संग छलफल नगरी एकलौटी ढङ्गबाट आगाडी बढन् खोजेको र त्यस्ले सरकारका लक्षित कार्यक्रमहरु सफल हुनेमा दुबिधा रहेको बिचार व्यक्त गरेका थिए।

 

गण्डकी मेडिकल कलेजका प्रतिनिधी लक्षुमण शर्माले सरकारी अस्पतालहरुले अपाङ्गता भएका बिरामीहरुलाई उपचार गर्न नसकेर निजि अस्पतालहरुमा रिफर गर्नु लज्जास्पद भएको वताउनुभयो। वहाले सरकारी लगानिमा सञ्चालित अस्पतालहरु अपाङ्गता अधिकारले सुनिस्चित गरेको नि-शुल्क स्वास्थ्यको अधिकार समेत प्रत्याभुत गर्न नसक्दा सरकारी लगानी वालुवामा हालेको पानि जस्तो भएको वताउनुभयो।

 

अपाङ्गता अधिकार कर्मि शिशिरखनालले, किहि दिन अगाडी गण्डकी टेलिभिजनबाट प्रकाशित अन्तरवार्ता सुन्दा कोभिड भइ उपचार गर्न जाँदा ११ लाख सम्म खर्चनु परेको उदाहरणिय घटनालाई स्मरण गर्दै गरिबिबाट प्रभाभित आपाङ्गता भएका व्यक्तिहरु कोभिड संक्रमित हुँदा उपचारको लागी कहाँ जाने भनेर प्रश्न राख्नुभएको थियो।

वहाले प्रदेश सरकारले छिटो भन्दा छिटो प्रदेशको स्वास्थय निती निर्माण गर्नुपर्ने र नितिमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार एनले व्यवस्था गरेबमोजिम निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्न माग गर्नुभयो।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशमा पुनर्स्थापना परियोजना अधिकृत सुर्य प्रसाद भट्टराईले प्रदेश सरकारको यस आ.व. का अपाङ्ग लक्षित स्वास्थ्यका कार्यक्रमको बारेमा सरकार्य गर्न खोज्दा सम्वन्धित निकायका व्यक्तिहरु उम्कन खोजेको र सहकार्य गर्न आतुर नभएकोले आफुहरु दुखित भएको जनाउनु भयो।

कार्यक्रमका अतिथी बिनोद बिन्दु शर्माले छलफलले आफुलाई गम्भिर बनाएको बताउदै आगामी दिनमा लक्षित कार्यक्रमहरु कार्यन्वयनका लागी वन्ने कार्यबिधिहरुमा सहकार्य गर्ने प्रतिवधता ब्यक्त गर्नुभयो।

कर्यक्रमका प्रमुख अतिथी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयका सचिव डा राम प्रसाद घिमिरेले छलफलमा उठेका सवालहरुलाई सम्वोधन गर्दै उल्लेखित सवालहरुमा चाडो भन्दा चाडो नतिजा आउने गरी काम अगाडी बढाउने प्रतिवधता व्यक्त गर्नुभयो।

प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयका सचिवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्रालयको तर्फवाट निति, कानुन मापडण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख सम्भु प्रसाद ज्ञवालीले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापना एवम प्रतिकार्यमा प्रदेश सरकारले गरेका बिषयहरुमा कार्य पत्र प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुनर्स्थापना परियोजना संयोजक सन्दिप बि.क. ले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापनाका सवालमा भएका राष्ट्रिय एवम अन्तराष्ट्रिय कानुनबि प्रावधानहरुको बारेमा प्रस्तुति राख्नुभएको थियो।

कार्यक्रममा बिषेष अतिथिको रुपमा रहनु भएका राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गरेका रचनात्मक कार्यहरु प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...