संघर्षशील संगीताको शैक्षिक यात्रा

अरुको लगानी भएको ठाउंमा आफु स्टाफ भएर तलव बुझेको मनले मानेन्

मन्दीरा पराजुली

संगीता न्यौपाने अधिकारी पोखराको लेखनाथ शिसुवा–८ मा जन्मनुभएको हो ।उहाँको अहीलेको स्थायी वसोवास भने पोखराको गैरापाटनमा छ । बुबा दयाराम न्यौपाने र आमा तेजकुमारी न्यौपानेकी कान्छी सुपुत्रीको रुपमा जन्मनुभएकी संगीता सानैदेखि लगनशील र मेहनती हुनुहुन्थ्यो । उहाँले पोखराको पृथ्वी नारायण क्याम्पसवाट नेपाली विषयमा (विएड) व्याचलर सम्मको अध्ययन गर्नुभएको छ । संगीतालाई उच्च शिक्षा लिएपछि समाजमा आफैले केही गर्नुपर्छ भन्ने सोंच सानैदेखी थियो ।

आईए पढ्दै गर्दा पनि उहाँले आफै केही गर्नुपर्छ भन्ने सोचकै कारण आफ्नै जन्मघर नजीकैको कञ्चनजंगा बोर्डिङ स्कुल शिसुवामा शिक्षीका भएर शिक्षाको क्षेत्रमा प्रवेश गर्नुभयो । काम र अनुभवले मानिसलाई अझै धेरै जागरुक र उर्जाशिल बनाउंछ । संगीतालाई पनि अरुको लगानी भएको ठाउंमा आफु स्टाफ भएर तलव बुझेको मनले मानेन् । अरुकोमा काम गर्नुभन्दा आफैले शैक्षिक संस्था खोलेर रोजगारी दिन पाए हुन्थ्यो भन्ने लाग्यो । यता आफुले पढेको पढाईले पनि सार्थकता पाउंछ भन्ने सोच उहाँमा आयो ।

हुनत संगीताका बुबा र आमा दुवै सरकारी स्कुलका शिक्षक हुनुहुन्थ्यो । वुवा आमा मात्र कहा उहाँका दुई दीदीहरु पनि सरकारी स्कुलकौ शिक्षिका हुनुहुन्छ । संगीताको जन्मघरको माहौल वाटै पनि थाहा हुन्छ की उहाँको परिवार शैक्षिक क्षेत्रमै होमिएको परिवार हो । सायद यसैको परिणाम होला संगीतालाई पनि शैक्षिक क्षेत्रलेनै वढी आकर्षित ग¥यो । शैक्षिक क्षेत्रवाटै समाजमा अगाडी वढ्ने सपनाले संगीतालाई उत्प्रेरित ग¥यो ।

 

उहाँको बिबाह पश्चातको परिवार पनि शिक्षित छ । बुहारीले पनि समाजमा केही गर्नुपर्छ भन्ने कुरामा उहाँको परिवार पनि सचेत छ । हरेक बिबाहित महिलालाई सही मार्गदर्शन गर्ने जिम्मेवारी श्रीमानको पनि हुन्छ । संगीताका श्रीमान महेश्वर अधिकारी जो आफु पनि मेगा वैंक पोखरामा कार्यरत हुनुहुन्छ । परिवारमा सवैजना शिक्षा क्षेत्रमा भएकोले र शिक्षक भएर काम गरेको अनुभबले पनि होला उहाँलाई पोखरामा शिक्षा क्षेत्रमै केही गर्छु भन्ने सपनालाई परिवारको साथ र सहयोग मिल्यो । संगीताको यो सपनालाई व्यवहारमै उतार्नका लागी उहाँका श्रीमानले पनि उतिनै हौसला दिनुभयो र अन्तमा संगीताले मन्टेश्वरी सञ्चानल गर्ने निधोमा पुग्नुभयो । संगीताले आफ्नो एकल लगानीमा मन्टेश्वरी संचानल गर्ने निर्णय लिनुभयो । अनि मन्टेश्वरीको नाम जुराउनु भयो ‘श्री मन्टेश्वरी प्रि (प्राईमेरी एन्ड चाईल्ड केयर सेन्टर ।’ यो पोखराको गणेशटोलमा रहेको छ । यस मन्टेश्वरीको संचालक तथा प्रिन्सिपल संगीता आफैं हुनुहुन्छ ।

 

सुरुवातको समयमा धेरै संघर्ष गर्नुपरेको क्षणलाई संगीताले स्मरण गर्दै भन्नुहुन्छ, ‘ मैले मन्टेश्वरी सुरु गर्दा जम्मा १५ जना मात्र वच्चाहरु थिए । वच्चाहरु हेरचाह गर्नका लागी राखिएका ५ जना स्टाफहरुलाई तलव र भवनको भाड़ा तिर्न नपुग्ने स्थिति थियो । आफुले चालेको कदम विचमा रोक्नु हुंदैन, साहस र हिम्मत गरेर अगाडी वढ्नुपर्छ एकदीन अवस्य गन्तव्यमा पुगीन्छ र सफलता प्राप्त हुन्छ भन्ने लाग्थ्यो ‘ ।

 

उहाँको आत्मबल र आँटले मन्टेश्वरी संचालन गरेको ७ वर्ष वितेको छ । अहिले मन्टेश्वरीमा ७० जना बालबालिकाहरु छन । उहाँले १२ जनालाई रोजगारी समेत दिनुभएको छ । वच्चाहरुलाई घर(स्कुल (घर सम्म ल्याउने लैजाने आफ्नै एक भ्यान पनि छ । अहिले भवनको भाड़ा , स्टाफको तलव र आफुलाई पनि राम्रै बचत भएकाले उहाँ मन्टेश्वरी सञ्चालनको निर्णयबाट सन्तुष्ट हुनुुन्छ ।

 

मानिसको सपना साकार गर्नका लागी सुरुवातका केही दिनहरु अप्ठ्यारा हुन्छन तर त्यसलाई सामना गरेर निरन्तर लाग्ने हो भने भविष्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहण प्रस्तुत गदै अन्य दिदिबहिनीहरुका लागि उर्जा र उत्प्रेरणा बन्नुभएको छ ।

 

यती वेला कोभीड (१९ महामारीको कारण नेपालमा अहिलेसम्म पनि शैक्षिक संस्थाहरु सुचारु हुन सकेका छैनन् । संगीताले संचालन गरेको मन्टेश्वरी पनि कोरोना कहरकै कारण वन्द छ । स्कुल वन्द भएपनि प्रविधिको सदुपयोग गर्दै उहाँको मन्टेश्वरीले अनलाईन कक्षा संचालन गरीरहेको संगीता बताउनुहुन्छ । ( मन्टेश्वरी साना साना वच्चाहरुले पढेर भन्दा पनि खेलेर सिक्ने ठाउं हो । अनलाईन कक्षा संचालन गर्दा ठुलो कक्षाका वच्चाहरु सहभागी गराउन सकीन्छ तर, साना कक्षाका वच्चाहरुलाई अनलाईन कक्षा प्रभावकारी हुंदैन ।

 

साना वच्चाहरु अनलाईन कक्षामा सहभागी गराउन नसकीने कारण अहीले जम्मा ३० जना वच्चाहरु मात्र अनलाईन कक्षामा सहभागी छन् । महामारीको यस विषम परिस्थितिमा अभिभावकलाई फि तिराउन पनि अप्ठेरो छ । फि नतिराउदा भवनको भाड़ा र शिक्षकको तलव व्यवस्थापन गर्न गारो हुने भएकोले स्कुलमै नियमित कक्षा चलाएको समयमा भन्दा अहीले थोरै शुल्क लिएर पढाएका छौ उहाँ भन्नुहुन्छ ।

 

मन्टेश्वरी संचालक संगीता आशावादी हुंदै भन्नुहुन्छ ( कोभीड १९ ) महामारी सामान्य भएपछी फेरी पहिले ेजस्तै मन्टेश्वरीको दैनिकीमा छिट्टै फर्कन पाउने दिनको पर्खाईमा छौं । समाजमा शिक्षाको उज्यालो छर्ने शुभकार्यमा लाग्नुभएकी संगीतको साहस र लगनशिलतालाई हाम्रो पनि सतत शुभकामना ।

(संगीतासंगको कुुराकानीमा पराजुलीले जापानबाट तयार पार्नुभएको सामग्री  )

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...