गण्डकीमा आइतबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, १०५ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर १४ गते । गण्डकी प्रदेशमा आइतबार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गदै संक्रमितको नयाँ विवरण सार्वजनीक गरेको हो ।थपिएका १०५ मध्य पोखरा महानगरका मात्रै ५८ जना रहेका छन् ।

त्यस्तै गोरखाका १८ जना, नवलपरासी पूर्वका १२ जना, तनहुँका १० जना, स्याङजा २ जना, लमजुङ र पर्वतका २÷२ जना रहेका छन् ।गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ११९६७ जना पुगेको छ । यस्तै आइतबार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर १९ र ११ का पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ का ५७ बर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राती मृत्यु भएको निदेशनालयले जनाएको छ । मृतकमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा ११ का ६० बर्षीय पुरुषको उपचारका संक्रममा मृत्यु भएको छ ।

आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । मृतकमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...