अनुदानको रासायनिक मल बिक्रीका लागि २१ सहकारी सुचिकृत

पोखरा, मंसिर १४ गते । पोखरा महानगरपालिकाभित्र रासायनिक मल बिक्री वितरणका लागि २१ वटा सहकारी सुचिकृत भएका छन् । पोखरा महानगरले सुचिकृत हुन सार्वजनीक सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा निवेदन दिएका सहकारीलाई सुचिकृत गरिएको हो ।

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको मंसिर १२ गतेको निर्णय अनुसार सुचिकरणको लागि जारी गरिएको सार्वजनीक सुचनाको आधारमा परेका आवेदनका आधारमा सहकारीहरु सुचिकरण गरिएको महानगर कृषि महाशाखाले जनाएको छ । अनुदान मल वितरण निर्देशिका २०७७ को प्रावधान अनुसार कृषकलाई पायक पर्ने ठाँउबाट सुचिकृत सहकारबाट मल खरिद गर्न समेत अनुरोध गरेको छ ।

महाशाखाले झाँरीखेत कृषि सहकारी लिमिटेड, किसान जागरण सहकारी, कल्याणकरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभुधाम हरियाली कृषि सहकारी संस्था, श्री हाम्रो लोक उपभोक्ता सहकारी संस्था, आधुनिक कृषि सहकारी संस्था, कालिलेक दुग्ध उत्पादक सहकारी संस्था, छिनेडाँडा कृषि तथा पशुपालन सहकारी संस्था, नमुना सहकारी बहुउद्देश्यीय सहकारी संस्था, पुम्दीभुम्दी कृषि सहकारी संस्था, सिद्धेश्वर कृषि सहकारी संस्था, कास्कीकोट कृषि सहकारी संस्था, श्री बहुउद्धेश्यीय किसान सहकारी संस्था, देवीस्थान कृषि सहकारी संस्था, अद्यौ कृषि सहकारी संस्था, जनप्रिय सहकारी संस्था, सेभेनलेक कृषि सहकारी संस्था, जनप्रिय कृषि सामाग्री बिक्री भण्डार, कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था र कालिका बचत तथा ऋण सहकारी संस्था सुचिकृत भएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । अनुदानको मलमा मनपरी मुल्य लिने र कालोबजारी हुदै आएको थियो भने निश्चित सहकारीले मल बिक्री गर्ने कारण घण्टौ लाइन बस्नुपर्ने अवस्था समेत अन्त्य हुने अपेक्षा गरिउको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...