१३ बर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

पोखरा, मंसिर १४ गते । फरक क्षमता भएकी ११ वर्षीय नाबालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ घर भई पोखरा वडा १६ लामाचौरमा बस्ने २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपालीलाई फक्राउ गरेको हो । नेपालीलाई मंसिर १३ गते शनिबार पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

घरमा कोही नभएको अवस्थामा डर, त्रास, धम्की दिई फरक क्षमता भएकी नाबालिकालाई प्रकाशले बलात्कार गरेको अभियोगमा पक्राउ गरेको हो । जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याग थप गरी कास्की प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...