गरिवी घटाउन सहकारी महत्वपूर्णःअध्यक्ष कुँवर

हेमजा, मंसिर १५ गते ।अन्नपूर्ण गाउँपालिका–१, नागडाँडा स्थित हाम्रो अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा सम्पन्न भयो।प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारीले ग्रामिण क्षेत्रमा व्याप्त गरिवीलाई घटाउन विशेष भुमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाले संचालन गरिरहेको खाना नफालौं अभियान बारेमा जानकारी दिए।

विशेष अतिथी गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारी स्थापना देखि लिएर संचालनमा ल्याउदासम्मका अनुभवहरु प्रस्तुत गर्दै सहकारी सेवामुखी हुनुपर्नेमा जोड दिइन्।अन्नपूर्ण ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले सहकारी मार्फत युवाहरु एकजुट भएको भन्दै खुशी व्यक्त गरे । सो अवसरमा गाउँ कार्यपालिका सदस्य भगवती भण्डारी, शिखर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुशिल भट्ट्चन, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाई,शेयर सदस्यको तर्फबाट डिलमाया सुनार लगायतले भनाई राखेका थिए।कार्यक्रमका बीच संस्थाका अध्यक्ष सुजन अधिकारी, सचिव ईश्वर पौडेल र कोषाध्यक्ष शुशिल भण्डारीद्वारा प्रस्तुत विभिन्न प्रतिवेदन सर्वसम्मत पारित भए।

साधारणसभाले पुनः सुजन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती सर्वसम्मत गठन गरेको छ ।जसमा केशव पौडेल उपाध्यक्ष, ईश्वर पौडेल सचिव, शुशिल भण्डारी कोषाध्यक्ष, बैकुण्ठ दाहाल सहसचिव, सुलोचना पौडेल सहकोषाध्यक्ष तथा सदस्यहरुमा डिलमाया सुनार, रामचन्द्र तिवारी, कविराज पौडेल, दुर्गादेवी बराल पौडेल र मनिषा कुँवर छन् ।
त्यस्तै उद्धवराज सुवेदीको संयोजकत्वमा नबिन गुरुङ र एकनारायण पौडेल सदस्य रहेको लेखा समिति पनि चयन गरिएको छ। तदर्थ समितिका अध्यक्ष सुजन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य मनिषा कुँवरले स्वागत तथा सचिव ईश्वर पौडेलले संचालन गरेका थिए ।संस्थामा हाल दुई सय १८ शेयर सदस्य छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...