नौ महिनापछि खुल्यो पोखरा रंगशालाको ताला

प्रशिक्षण सुरु भयो, प्रतियोगिता हैन ः क्षेत्रिय खेलकुद विकास समिति

एकराज गिरी

पोखरा, मंसिर १४ गते । पोखरा खेलकुदको सहर हो । यहाँ दैनिक खेलकुद गतिविधि भैरहन्छन् । पोखरा रंगशाला देशकै ठूलो हो । क्लबस्तरीय देखि अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन भैरहन्छ । गत माघमा विश्वब्यापी कोरोना भाइरसको संक्रमण देखियो । चिनको बुहान सरहबाट फैलिएको भाइरसले विश्वमै फैलियो । नेपालपनि त्यसबाट अछुतो रहेन् । सरकारले आफना नागरिक जोगाउन भिडभाड हुने कार्यक्रम नगर्न रोक लगायो । त्यसपछि धेरै प्रतियोगिता स्थगित भए । तर पोखरा रंशालामा फागुन २१ गतेदेखि प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालनमा आयो । त्यसकै अघिल्लो रात राष्ट्रिय खेलकुद परिषदले चालु प्रतियोगिता बाहेक अन्य सवै खेल गतिविधि बन्द गनेै नियर्ण सार्वजनीक ग¥यो ।

आहा गोल्ड कप सञ्चालन रोक्न प्रशासनले आग्रह गरेपनि आयोजकले सुरक्षा अपनाएर प्रतियोगिता सञ्चालन गर्ने निर्णय ग¥यो । प्रतियोगिता सफलता पूर्वक चैत १ गते समापन भयो । आहा रारा गोल्ड कपसंगै चैत दुई गतेबाट पोखरा रंगशालामा ताला लाग्यो । पोखरा रंगशालामा प्रतियोगिता देखि प्रशिक्षणसम्म सबै खेल गतिविधि ठप्प भए । सधै चहलपहल हुने रंगशाला सुनसान बने । रंगशालामा बिहानी व्यायम गर्न आउनेदेखि अन्तराष्ट्रिय खेलाडीहरु घरमै रहे । खेलाडी, प्रशिक्षक सवै घरको पर्खालभित्र सिमित हुनुभयो । सरकारले घोषणा गरेको लकडाउन असोज पहिलो हप्ताबाट पूर्ण रुपमा हटेपनि खेल गतिविधि सञ्चालनको अनुमति थिएन् ।

 

धेरै जमघट र भिडभाडले कोरोना फैलिने डर रहेकाले सरकारले खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति भएको थिएन् । झण्डै नौ महिनापछि पोखरा रंगशालामा लागेको ताला खुलेको छ । अव खेडालीेले नियमित प्रशिक्षण गर्न पाउनुहुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले नै सुरक्षाका मापदण्ड पालना गरेर खेल गतिविधि सञ्चालन गर्नदिने निर्णय भएको रहेछ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भन्नुभयो, ‘भौतिक दुरी कायम र सुरक्षाका मापदण्ड पालना गरेर प्रशिक्षण गर्न दिने भन्ने भएकोछ ।’ उहाँले आफुले परिषद्मा समेत सम्पर्क गरेको र परिषदले पनि खेलाडीलाई नियमित प्रशिक्षणका लागि रगंशला खुल्ला गर्न अनुमति दिएको बताउनुभयो ।

 

मैले परिषद्को प्रशाखन विभाग प्रमुख कुलबाहदुर थापा सरसंग सम्पर्क गरेर उहाँले भन्नुभयो, प्रशिक्षणका लागि दिने भन्नुभयो । त्यसैले बन्द रंगशाला खुल्ला भएको छ । तर प्रतियोगिता भने सञ्चालन हुने छैन् । खेलाडीलाई प्रशिक्षणका लागि खुल्ला भएपनि प्रतियोगिता सञ्चालन भने हुदैन् उहाँले भन्नुभयो । पोखरा रंगशालामा अव फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेनिस, आर्चरी, स्क्वास, बक्सिङ, कराँते लगायत मार्सल आर्टका खेलहरुका प्रशिक्षण हुने छन् । त्यस्तै नीजि क्षेत्रबाट सञ्चालित ब्यायमशाला, फुटसलहरु समेत सञ्चालनमा आउने भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...