पोखरा महानगर उपप्रमुख गुरुङ कोरोना संक्रमण मुक्त

पोखरा, मंसिर १५ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेबी गुरुङ कोरोना संक्रमण मुक्त हुनुभएको छ । मंसिर ४ गते उपप्रमुख गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गुरुङ मंसिर ३ गते स्वाब दिनुभएको थियो । तिहार अघिनै हल्का रुघा लागेपछि उहाँले स्वाब परिक्षण गर्र्नुभएको थियो ।

परिक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । संक्रमण भएपछि उपप्रमुख गुरुङ ओम आइसोलेसनमा बस्नुभएको थियो । आफनै निवास न्यूरोडमा बसेर उहाँले कोरोना भाइरस परास्त गर्नुभएको छ । उपप्रमुख गुरुङको आइतबार पून स्वाब संकलन गरिएको थियो । उहाँको सोमबार नेगेटिभ रिपोर्ट आएको हो । उहाँ अब नियमति महानगरको काममा सक्रिय हुनुहुने छ ।विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सुरुवात देखिनै पोखरा महानगरमा कोेरोना नियन्त्रणका लागि सक्रिय हुनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...